लागूऔषध पोल्यान्डसहित दुईजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

लागूऔषध पोल्यान्डसहित दुईजना पक्राउ

काठमाडौँ । प्रहरीले लागूऔषसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमी बस्ने २९ वर्षीय रोजन श्रेष्ठ र सोही ठाउँ बस्ने २९ वर्षीय सञ्जय श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

भक्तपुरबाट त्रिशूलडाँडातर्फ जाँदै गरेको प्रदेश नम्बर ३ ०२–००१ प ६६७६ नम्बरको मोटरसाइकललाई चाँगुनारायणबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा १२ ग्राम अवैध लागूऔषध पोल्यान्डसहित फेला पारी मोटरसाइकल चालक रोजन र मोटरसाइकलमा सवार सञ्जयलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीको थप अनुसन्धान जारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);