काठमाडौं । घाना र इजिप्ट अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमाा प्रवेश गरेका छन् ।
गाबोनमा जारी प्रतियोगिता अन्तर्गत आइतबार राति भएको क्वाटरफाइनलमा प्रजातान्त्रिक गणतन्त्र कंगोलाई २–१ ले हराएर घानाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
घानाको जितमा आयु दाजुभाइले गोल गरे । जोर्डन आयुले ६३ तथा उनका दाइ आन्द्रे आयुले ७८ औं मिनेटमा घानाका लागि गोल गरे ।
कंगोका लागि पउल–जोस एम पोकुले एक गोल फर्काए । राति नै भएको खेलमा मोरक्कोलाई १–० ले हराएको इजिप्टले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
इजिप्टको जितमा ८७ औं मिनेटमा अब्देल मोनेइमले गरेको गोल नै निर्णायक बन्यो । सेमिफाइनलमा इजिप्टले बुर्किना फासो तथा घानाले क्यामरुनसँग खेल्ने छ ।