सुनकाे मूल्य ताेलामा ९ सयले घट्याे, यस्ताे छ आजकाे बजार भाउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सुनकाे मूल्य ताेलामा ९ सयले घट्याे, यस्ताे छ आजकाे बजार भाउ

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनकाे मूल्य ९०० ले घटेकाे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ  कायम भएकोमा मगंलबार ९०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको हो । मंगलबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ६१५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);