सुनको मूल्य तीन सयले घट्याे, यस्ताे छ आजकाे बजार भाउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनको मूल्य तीन सयले घट्याे, यस्ताे छ आजकाे बजार भाउ

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएकोमा सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको हो ।

सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ । सोमबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);