आज सुनको भाउ प्रतितोला तीन सयले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८३, सोमबार

आज सुनको भाउ प्रतितोला तीन सयले बढ्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

आज तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २३० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ ।
 

Leave a Reply