सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएकोमा साेमबार १०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको हो ।

साेमबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ९०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ४७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । साेमबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);