विष सेवन गरेका एक बालकको मृत्यु, अर्कोको अवस्था गम्भिर | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

महोत्तरी २७ कार्तिक । सडकमा फ्याँकिएको प्याकेटभित्रको विषादी सेवन गरेपछि घाइते भएका एकजना नाबालकको मृत्यु भएको छ ।

सडकमा फालिएको प्याकेटमा खानेकुरा सम्झेर खाएका गौशाला नगरपालिका–८ बेलगाछीका रामविलाश ठाकुरका पाँचवर्षीय छोरा उद्धव ठाकुरको आइतबार राति मृत्यु भएको हो ।

जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा नाबालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, गौशालाले जनाएको छ ।

त्यस्तै, ठाकुरकै कान्छा छोरा तीन वर्षीय उदय ठाकुरको सघन उपचारकेन्द्रमा राखेर उपचार भइरहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए ।

प्रहरीले दिएको जानकारी अनुसार हिजो साँझ सडकमा खेल्ने क्रममा भेटिएको प्याकेटमा रहेको विषादीलाई खानेकुरा सम्झेर खाएपछि उद्धव र उदय गम्भीर बिरामी परेका थिए ।

 

ताजा समाचार