बुढीगंगा नदीको बीचमा बेवारिसे लास भेटियो, हत्या गरेर फालेको आशंका | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

बुढीगंगा नदीको बीचमा बेवारिसे लास भेटियो, हत्या गरेर फालेको आशंका

काठमाडौँ, २७ कार्तिक । अछामको बुढीगंगा नदिमा बेवारिसे लास फेला परेको छ। साफेबगर नगरपालिका ४ पक्की पुल नजिकै बुढीगंगा नदिको बीचमा रहेको अवस्थामा बेवारिसे लास देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका हुन्।

हिजो आइतबार साझ प्रहरीलेले मृत व्यक्तिको शवलाई ईलाका प्रहरी कार्यालय साफेबगरमा लगेको राखेको छ। मृतकको साथमा ८४३० रुपैयाँ नगद र एक नेपाली र अर्को भारतीय सिम कार्ड भएको लाभा कम्पनीको मोबाईल भेटिको प्रहरीले जनाएको छ।

मृतकको थर ठेगान केहि नखुलेको र आज बिहान लासको पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मंगलसेन पठाइएको ईलाका प्रहरी कार्यालय साफेबगरका प्रहरी निरीक्षक महेन्द्र बहादुर कलौनीले जानकारी दिएका छन्।

ताजा समाचार