अस्ट्रेलियामा ओमिक्रोनबाट पहिलो पटक मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अस्ट्रेलियामा ओमिक्रोनबाट पहिलो पटक मृत्यु

एजेन्सी । अस्ट्रेलियामा कोभिडको नयाँ भाइरस ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । न्यु साउद वेल्स राज्यमा ओमिक्रोनबाट एक ८० वर्षीय बृद्धको मृत्यु भएको हो । केयर फेसिलिटीमा संक्रमित उनको उपचारका क्रममा सिड्नीको एक अस्पतालमा मृत्यु भएको हो । पछिल्लो समयमा अस्ट्रेलियामा कोभिड संक्रमितको संख्या बढेको छ । संक्रमितको संख्या बढे पनि अस्पतालमा भर्ना हुने दर भने घटेको छ ।

अस्ट्रेलियामा कोभिडका कारण बन्द गरिएका सीमाना दुई वर्षपछि दुई साताअघि खुला गरिएको थियो । पछिल्लो समयमा ओमिक्रोन संक्रमित बढेसँगै सीमामा पुनः कडाई पार्ने बारेमा आवाज उठेको छ ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);