निर्वाचनको सुरक्षा व्यवस्था भरपर्दो नरहेको निर्वाचन आयोगको ठहर | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

काठमाडौँ, २६ कार्तिक। निर्वाचन आयोगले सुरक्षा व्यवस्था थप सुदृढ बनाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

चुनाव प्रचार–प्रसारका क्रममा उम्मेदवार लक्षित आक्रमणका घटना भएपछि आयोगले आइतबार सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन दिएको हो । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उम्मेदवार लक्षित आक्रमणले सुरक्षा चुनौती बढाएको भन्दै मतदातामा भय र त्रास उत्पन्न हुन नदिन सुरक्षास्थितिमा सुधार गर्न आवश्यक रहेको बताए।

शुक्रवार रुकुममा माओवादी केन्द्रका उम्मेदवार एवं पूर्व गृहमन्त्री जनार्दन शर्मा र शनिवार माओवादी केन्द्रकै नेता वर्षमान पुनको प्रचार टोलीलाई लक्षित गरी बम आक्रमण भएको थियो । सरकारले निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा म्यादी प्रहरी गरी करिब ३ लाख सुरक्षाकर्मी खटाइएको जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);