काठमाडौं । एथ्लेटिको म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा एइबरसँग २–२ कै बराबरीमा रोकिए पनि एथ्लेटिको मड्रिडसमग्रमा ५–३ को जितसहित अन्तिम चारमा पुगेको हो ।
पहिलो लेगमा एथ्लेटिको मड्रिड ३–० ले विजयी भएको थियो । दोस्रो लेगमा एथ्लेटिको मड्रिडका लागि जोसे गिमेनेज र आनफ्रानले गोल गरे । एइबरका लागि सेर्गी इनरिच र पेड्रो लिअनले गोल गरे ।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ४९ औं मिनेटमा गिमेनेजले एथ्लेटिको मड्रिडका लागि पहिलो गोल गरे । ७३ औं मिनेटमा इनरिचले एइबरका लागि बराबरी गोल फर्काए ।
८० औं मिनेटमा लिअनले गोल गरेपछि एइबरले २–१ को अग्रता लियो । तर पाँच मिनेट बाँकी हुँदा आनफ्रानले एथ्लेटिको मड्रिडका लागि बराबरी गोल गरे ।
यता स्पेनिस ला लिगाको लिग लिडर रियल म्याड्रिड भने प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा सेल्टा डि भिगोसँग २–२ को रोकिँदै रियल मड्रिड प्रतियोगिताबाट बाहिरिएको हो ।
पहिलो लेगमा सेल्टा डि भिगोले रियल मड्रिडलाई २–१ ले हराएको थियो । त्यसैले दोस्रो लेगको बाराबरी अघिल्लो चरण प्रवेशका लागि रियललाई पर्याप्त थिएन ।
दुवै लेगमा समग्रमा ४–३ को हारसहित रियल प्रतियोगिताबाट बाहिरिएको हो । अन्तिम चारमा पुग्नका लागि रियल मड्रियलाई जित अनिवार्य थियो भने सेल्टालाई बराबरी मात्रै भए पुग्ने थियो ।