सर्लाहीकाे लालबन्दीमा ट्रककाे ठक्करबाट ट्युसन पढ्न हिँडेका विद्यार्थीकाे ज्यान गयाे | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०७९, शुक्रबार

सर्लाहीकाे लालबन्दीमा ट्रककाे ठक्करबाट ट्युसन पढ्न हिँडेका विद्यार्थीकाे ज्यान गयाे

सर्लाही । सर्लाहीकाे लालबन्दीमा ट्रककाे ठक्करबाट एक बालककाे ज्यान गएकाे छ ।

साेमवार पूर्व पश्चिम लाेकमार्गस्थित लालबन्दी नगरपालिका-९, मा ट्रककाे ठक्करबाट चन्द्रनगर गाउँपालिका-१, रतनपुर निवासी १७ वर्षका दिपेन्द्र यादवकाे ज्यान गएकाे हाे । उनलाई ना३ख ७९९० नम्बरकाे ट्रकले ठक्कर दिएकाे इलाका प्रहरी कार्यलय लालबन्दीले जनाएकाे हाे । 

ट्रककाे ठक्करबाट ट्युसन पढ्न हिँडेका बालककाे घटनास्थलमै ज्यान गएकाे थियाे । यादव लालबन्दी नगरपालिकास्थित जनज्याेति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत थिए । बालककाे शव जिल्ला अस्पताल मलंगवामा परीक्षणपछि आफन्तकाे जिम्मा लगाइएकाे छ । 

घटनालगत्तै स्थानीय र विद्यार्थीकाे समूहले केहीबेर पूर्व पश्चिम लाेकमार्गमा टायर बालेर अवरूद्ध गरेका थिए । सबैलाई सम्झाइ बुझाई गरेर सडक सुचारू गरिएकाे प्रहरीले जनाएकाे छ ।घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यलय लालबन्दीले नियन्त्रणमा लिएकाे छ । घटनाकाे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएकाे छ ।

Leave a Reply