खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको साँफेबगरमा विमोचन | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको साँफेबगरमा विमोचन

पुअछाम । खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको बिमोचन गरिएको छ । साँफेबगर नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी पुस्तकको बिमोचन गरिएको हो । साफेबगर नगरपालिका वडा नम्बर २ सिद्धेश्वर निबासी यमराज कुँवरद्वारा लिखित खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको बिमोचन गरिएको छ । पुस्तकमा १६ वटा शीर्षकका खप्तड बाबाका बारेमा लेखिएको छ । 

पुस्तकका लेखक यमराज कुँवरले खप्तड बाबाले खप्तडलाई चिनाउन धेरै ठूलो योगदान गरे पनि उहाँको योगदानको कदर हुने खालको सुदूरपश्चिमका कुनै पनि कार्यक्रम हुन नसकेको बताए । खप्तड बाबाका बारेमा अनेकौ प्रश्न र जिज्ञासाहरु रहेकाले केही हदसम्म यो पुस्तकले मेटाउने बताए ।    

साँफेबगर नगर प्रमुख कुँवरले खप्तड बाबाको सम्झनामा अहिलेसम्म कुनै पनि बिचार गोष्ठी र श्रद्धाञ्जली सभाकोसमेत आयोजना गर्न नसक्नु दु:खद भएको बताए । खप्तड बाबाबो प्रेरक भनाईहरु सबैले अनुशरण गर्न आवश्यक रहेकोमा उनको जोड छ । 

उनले खप्तड बाबाप्रति धेरै भ्रमहरु रहेकाले यस बारेमा अझै धेरै अध्ययन अनुन्धान हुन जरुरी रहेको बताए । पुस्तक बिमोचनसँगै सुदूरपश्चिमकै ऐतिहासिक एउटा सम्पत्ति जोडिएको टिप्पणी गरिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);