पहिलो चरणमा स्थानिय निर्बाचन गर्ने तयारीमा सरकार -परराष्ट्रमन्त्री महत | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

पहिलो चरणमा स्थानिय निर्बाचन गर्ने तयारीमा सरकार -परराष्ट्रमन्त्री महत

१२ माघ दाङ ।
परराष्ट्र मन्त्री डाक्टर प्रकाशशरण महतले १ बर्ष भित्र स्थानिय निकायको निर्बाचन गराउने गरि सरकार तयारीमा जुटि सकेको बताउनुभएको छ । नेपाल प्रेस यूनियन दाङ शाखाले आज बुधबार हेकुलीको चखौरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डाक्टर महतले संबिधान कार्यान्वयनका लागि ३ तहको निर्बाचन

पहिलो चरणमा स्थानिय निर्बाचन गर्ने तयारीमा सरकार -परराष्ट्रमन्त्री महत

१२ माघ दाङ ।
परराष्ट्र मन्त्री डाक्टर प्रकाशशरण महतले १ बर्ष भित्र स्थानिय निकायको निर्बाचन गराउने गरि सरकार तयारीमा जुटि सकेको बताउनुभएको छ । नेपाल प्रेस यूनियन दाङ शाखाले आज बुधबार हेकुलीको चखौरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डाक्टर महतले संबिधान कार्यान्वयनका लागि ३ तहको निर्बाचन गराउनै पर्ने भएकाले पहिलो चरणमा स्थानिय निकायको निर्बाचन गराउने गरि सरकार जुटेको बताउनुभयो ।

उहाले ३ तहको निर्बाचन नभए संबिधान कार्यान्वयन हुन नसक्ने भएकाले पहिलो चरणमा स्थायिन निकायको निर्बाचन गराउने तयारीका लागि आबश्यक कानुनी ब्यबस्था मिलाउने काम भई रहेको बताउनुभयो ।

असन्तुष्ट पक्षलाई संबिधान कार्यान्वयनमा सहभागि गराउनुपर्ने पहिलो काम सरकारको प्राथमिक्तामा रहेको जानकारी दिनुभयो । त्यसका लागि बार्ता,छलफल र भेटघाट पनि भईरहेको बताउनुभयो ।

परराष्ट्रमन्त्री महतले अन्तराष्ट्रिय सम्बन्धमा नेपालको नीतिमा छिमेकी राष्ट्र,संयुक्त राष्ट्र संघ र बहु पक्षराष्ट्रहरु सग सम्बन्ध बिस्तार गर्दै नेपालको हितको पक्षमा रहेकाले पछिल्लो समयमा सकारात्मक परिणाम आई राखेको जानकारी दिनुभयो ।

छिमेकी चीन सग नियमती रुपमा बैठक भई रहेको र उत्तरतर्फका नाकाहरु खोल्ने काम भई रहेको बताउनुभयो ।
उहाले चीनसग नेपालको आबश्यकक्ता र  हितलाई ध्यान दिदै कोदारी राजमार्ग आदी नाका खोल्ने तयारी भई रहेको बताउनुभयो ।

मन्त्री महतले श्रमीकको हितको पक्षमा बर्तमान सरकारले काम गर्ने र त्यसको परिणाम निकट भबिष्यमा देखिने बताउनुभयो । उहाले भन्नुभयोे,श्रम मन्त्रालयबाट स्वीकृत लिई बिदेशमा काम गर्ने नेपालीलाईहरु घाईते,अशक्त र मृत्यु भए तीनिहरुका लागि बिमाको ब्यबस्था र भारतमा काम गर्नेहरुको तथ्याक संकलन गरिने छ ।

नेपालीहरुको मुख्य रोजगार भारत भएपनि अहिले सम्म एकिन तथ्याक नभएको र त्यहापनि थुप्रै नेपालीहरुले बिभिन्न घटनाबाट पीडित हुने गरेकोले त्यसका लागि तथ्याक लिने उनीहरुका लागि बिमाको ब्यबस्था गर्ने तयारी भईरहेको बताउनुभयो । तथ्याक संकलन लगायतका कामका लागि २ महिना भीत्र कार्यदल गठन गरिने मन्त्री महतले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);