कहाँ बस्ला प्रदेशसभा ? यसरी हुँदैछ राजधानी कहाँ रहन्छ भन्ने गृहकार्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, २३ कार्तिक । संघीय संसद्का दुईवटै सदनका लागि अस्थायी नै भए पनि बैठक कक्ष तयार भइरहँदा प्रदेशसभाहरू कहाँ बस्छन् भन्ने अत्तोपत्तो छैन । निर्वाचन मिति नजिकिँदै गर्दा प्रदेशसभा बैठक कहाँ बस्छ भन्ने चासो बढ्दै गएको छ। प्रदेशको अस्थायी राजधानी तोक्ने गृहकार्य भइनसकेको र सरकारले प्रदेश प्रमुखहरूको नियुक्ति समेत गरिनसकेकाले प्रदेशसभाको बैठकस्थलको समेत टुंगो लाग्न नसकेको हो।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्तिसम्बन्धी काम सरकारले छिट्टै गर्ने बताए। ‘प्रदेशको राजधानी कहाँ रहन्छ भन्ने गृहकार्य भएको छ,’ उनले भने, ‘सरकारको विभिन्न च्यानलबाट सम्भावित स्थानमा रहेका पूर्वाधारबारे जानकारी लिने काम भइरहेको छ।’

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको सचिवालय गठनका लागि प्रदेशसभाको बैठक सञ्चालन हुनुपर्छ। बैठक सञ्चालनका लागि सचिवालय आवश्यक पर्छ । यस्तो कानुन बन्न प्रदेशसभाको अधिवेशन बस्नुपर्छ। प्रदेशसभा सचिवको नियुक्ति प्रदेशसभाका सभामुखको सिफारिसमा प्रदेश प्रमुखबाट हुनुपर्छ ।

संविधानको धारा १९५ अनुसार प्रदेशसभाको काम कारबाही सञ्चालन र व्यवस्थापनका लागि आवश्यक सचिवालयको व्यवस्था प्रदेश कानुनअनुसार हुनेछ। प्रदेशसभा गठन नहुँदासम्म उसको क्षेत्राधिकारमा पर्ने कानुन निर्माणको समेत जिम्मेवारी पाएको संविधानसभाबाट रूपान्तरित व्यवस्थापिका संसद्बाट सरकारले त्यससम्बन्धी कुनै कानुन नबनाई समय खेर फालेको थियो। – कान्तिपुर दैंनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);