देउवालाई सभापति जित्न ८१ भोट पुगेन, दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

देउवालाई सभापति जित्न ८१ भोट पुगेन, दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।

पहिलो चरणको निर्वाचनमा खसेको कुल ४६८१ मतपत्रमा देउवाले २२५८, शेखर कोइरालाले १७२९, प्रकाशमान सिंह ३७१, विमलेन्द्र निधि २४९ र कल्याण गुरूङले २० मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

यसैगरी ७७ मत बदर भएको पनि निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि आज नै पुन मतदान हुने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);