१२ माङ ,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दक्षिण एसियाको क्षेत्रिय विकासमा अमेरिकी भुमिकाका विषयमा टेलिफोन कुराकानी भएको छ ।
दुइ नेताबीच मंगलबार राति भएको टेलिफोन कुराकानीका क्रममा ट्रम्पले दक्षिण एसियाको विकासमा भारतले नेतृत्व लिइरहेकोमा बधाई दिएका थिए ।
ट्रम्पले मोदीलाई जति सक्दो चाँडो अमेरिका भ्रमणमा आउन आग्रह समेत गरेका छन् ।
ट्रम्पले भारतलाई विश्वका समस्या समाधान गर्न एक सच्चा सहयोगी र साथीको रुपमा हेरेको ह्वाइट हाउसले जनाएको छ ।
सो टेलिफोन कुराकानीका क्रममा दुइ नेताबीच दुइ देशबीच रक्षा तथा आर्थिक विषयमा सहकार्य बढाउने बिषयमा छलपल भएको बताइएको छ ।
समाचार अनुसार ट्रम्पको आग्रहपछि यसैवर्षमा मोदीले अमेरिका भ्रमण गर्नेछन् । भ्रमण तालिका केही समयमा नै सार्वजनिक हुने बिबिसीले जनाएको छ ।