दाङ । दाङमा कोइलाखानीमा काम गर्ने एक मजदुरको कोइला सुरुङमा च्यापिएर मृत्यु भएको छ । खोइलाखानीमा काम गर्दै आएका घोराही उपमहानगरपालिका-१९ का ४६ वर्षीय भक्तबहादुर घर्तीको सोमबार कोइलाखानीमा च्यापिएर ज्यान गएको दाङ प्रहरीले जनाएको छ ।
दाङको घोराही उपमहानगरपलिका वडा नम्बर १ दाङ्जामा रहेको पशुपति कोइलाखानी उद्योगमा काम गर्ने कोइला मजदुर घर्तीको खानीको सुरुङ भित्र च्यापिएर मृत्यु भएको दाङ प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए । सुरुङमा च्यापिदा घाइते भएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रम मृत्यु भएको हो ।
कोइलाखानीमा च्यापिएर मजदुरको मृत्यु
ताजा समाचार
प्रतिशोधको जवाफ प्रतिवाद हुन्छ : लालबाबु पण्डित
३ घन्टा अघि




