कोभिडले आधा अर्ब जनसंख्या गरिबीमाः अनुसन्धान | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

कोभिडले आधा अर्ब जनसंख्या गरिबीमाः अनुसन्धान

एजेन्सी । विश्व्यापी फैलिएको कोभिड महामारीले विभिन्न क्षेत्रमा नकरात्मक असर गरेको छ । कोभिडले पारेको असरबारे विभिन्न संस्थाले विभिन्न अनुसन्धान गर्दै आएका छन् । तर, पछिल्लो एक अनुसन्धानले भने डरलाग्दो भविष्यवाणी गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओओ) र विश्व बैंकले गरेको एउटा अनुसन्धानमा जारी महामारीका कारण विश्वको आधा अर्ब जनसंख्या चरम गरिबीमा धकेलिएको छ ।

साथै, महामारीले विश्वव्यापी स्वास्थ्य पहुँचमा पनि गम्भीर असर गरेको छ । विभिन्न देशहरुले स्वास्थ्यसँग सम्बन्धित क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने भएकोले विश्वको ठूलो जनसंख्या गरिबीमा धकेलिने ती संस्थाले गरेको अध्ययनको निस्कर्ष छ । महामारीले सन् १९३० पछि पहिलो पटक विश्वव्यापी आर्थिक संकट निम्त्याएको अनुसन्धान प्रतिवेदनमा जनाइएको छ । 

महामारीले सन् २०२० मा पूर्ण रुपमा स्वास्थ्य सेवामा अवरोध गरेको रिपोर्टमा औंल्याइएको छ । जसका कारण पहिलो पटक संसारमा पहिलो पटक खोप पहुँचमा ह्वात्तै गिरावट आएको छ  । गत वर्ष क्षयरोग र मलेरियाबाट मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको थियो ।  

‘महामारीअघि विभिन्न देशले प्रगति गरेका थिए । तर, त्यो आफैमा पर्याप्त थिएन । तर, यसपटक हामीले यस्तो स्वास्थ्य प्रणालीको विकास गर्नुपर्नेछ की प्रायः देशको बजेटको ठूलो हिस्सा यस क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);