रुकम, २२ कार्तिक। रुकुममा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी पार्टीका दुई नेता पक्राउ परेका छन्।
निर्वाचन बिथोल्नसक्ने भन्दै प्रहरीले नेकपा माओवादीका राप्ती अञ्चल ब्यूरो सदस्य दीपक विष्ट र जिल्ला सदस्य मोतिराम खड्का बुधबार पक्राउ परेका हुन्।
निर्वाचनको आचारसंहिता उल्लंघन गरि चुनाव बहिस्कार गरेको, कालोझन्डा देखाई आतंक मच्चाउने र चुनाव बिथोल्नसक्ने भन्दै उनीहरुलाई पक्राउ गरिएको र कार्यकर्ताहरुमा भागाभाग मच्चिएको प्रहरीले जानकारी दिएको छ।
२५ दिनसम्म थुनामा राखि निर्वाचन पछि मात्र मुक्त हुने प्रहरीले जनाएको हो।