सिरहामा वेवारिसे अवस्थामा नवजात शिशु फेला | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०७९, शनिबार

सिरहामा वेवारिसे अवस्थामा नवजात शिशु फेला

सिरहा । पूर्वपश्चिम राजमार्गकाे सिराहा खण्डकाे छेउमा एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेका छन् । धनगढीमाई नगरपालिका-१० जिरोमाईल चोकदेखि करिब ३ सय मिटर दक्षिण सडक छेउमा बिहीबार राति नवजात शिशु रोइरहेको अवस्थामा फेला परेका हुन् । ‘बच्चा रोइरहेको अवस्थामा बटुवाले देखेपछि’ प्रहरीलाई खबर गरी तत्काल नैनपुर अस्पताल पुर्‍याइएको स्थानीय अरुण यादवले जानकारी दिए ।

शिशुको यसै हप्ता जन्म भएको हुन सक्ने आँकलन गरिएकाे छ । उनको नालमा लागेको क्लिपको आधारमा बच्चा अस्पतालमा जन्मेको हुनसक्ने आँकलन पनि गरिएको हो । शिशु कपडामा गुटमुट्याएर राखेको अवस्थामा फेला परेका थिए । शिशु जिल्ला अस्पताल सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।

Leave a Reply