सरकारी वकिलले बेञ्च बहिष्कार गर्नु गलतःमन्त्री नायक | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

सरकारी वकिलले बेञ्च बहिष्कार गर्नु गलतःमन्त्री नायक

११,माघ भक्तपुर ।
कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले समानुपातिक प्रतिनिधित्वको विषयलाई लिएर सरकारी वकिलहरुले बेञ्च बहिष्कार गर्नु गलत भएको बताउनु भएको छ । रफत सञ्चार क्लबले वुधवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री नायकले सरकारी वकिलहरुले नै निहित स्वार्थका लागि बेञ्च बहिष्कार गर्नु कानुन बिपरित रहेको बताउनुभयो । उहाँले सरकारी

सरकारी वकिलले बेञ्च बहिष्कार गर्नु गलतःमन्त्री नायक

११,माघ  भक्तपुर ।
कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले समानुपातिक प्रतिनिधित्वको विषयलाई लिएर सरकारी वकिलहरुले बेञ्च बहिष्कार गर्नु गलत भएको बताउनु भएको छ । रफत सञ्चार क्लबले वुधवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री नायकले सरकारी वकिलहरुले नै निहित स्वार्थका लागि बेञ्च बहिष्कार गर्नु कानुन बिपरित रहेको बताउनुभयो । उहाँले सरकारी वकिलहरुलाई राष्ट्रिय हितका विषयमा सोच्न आग्रह गर्नु भयो ।

 

देशकै सम्मानित निकाय अदालतका वकिलहरुले गलत कदम चालेको भन्दै अदालतलाई थप विवादको विषय नबनाउन आग्रह गर्नुभयो । अर्को प्रसंगमा उहाँले सरकारले चुनाव नगराउने प्रतिपक्षको हल्लामा कुनै सत्यता नभएको भन्दै स्थानीय तहको निर्वाचन नै दलहरु विचको मिलन विन्दु भएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);