चुनावी प्रचारका लागि हिँडेका माओवादी नेता नारायणकाजी श्रेष्ठ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

गोरखा, २२ कार्तिक । चुनाव प्रचारका क्रममा गोरखामा रहेका माओवादी केन्द्रका नेता एवम् गोरखा २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ घाइते भएका छन्। गोरखाको सौरपानीमा मंगलबार आयोजित चुनावी सभाका क्रममा उनी रडमा अल्झिएर लडेका थिए। उनको दायाँ निधार र दायाँ खुट्टामा चोट लागेको छ।

घाइते भएका कारण उनी बुधबार बारपाकमा तय गरिएको घरदैलो कार्यक्रममा सहभागी हुन सकेनन। बारपाकमा भएको चुनावी सभामा उनी गाडीमै कार्यक्रम स्थलसम्म पुगेका छन्। श्रेष्ठको बुधबार दिनभर विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकका घर-घरमा पुग्ने योजना थियो। तर, घाइते भएका कारण उनको उक्त योजना स्थगित भएको छ।

Uncategorized‐मा वर्गिकृत

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);