अरुण तेस्रो आयोजनामा पावर हाउसमा कार्यरत मजदुरको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अरुण तेस्रो आयोजनामा पावर हाउसमा कार्यरत मजदुरको मृत्यु

संखुवासभा । संखुवासभामा निर्मार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चिचिला गाउँपालिका-३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत भारतको मध्य प्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंह रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । 

बुधबार राति ८ बजे चिचिला-३ सोलाखानीमा रहेको अडिट ३ को सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर  सिंह  घाइते भएका थिए । उनकाे बुधबार राति उपचारको क्रममा जिल्ला अस्पताल संखुवासभामा मृत्यु भएको प्रहरी प्रमुख सुवेदीले बताए । सिंहको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभामा राखिएको छ ।

हालसम्म अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक दर्जन भारतीय र नेपाली मजदुरले ज्यान गुमाइसकेका छन् । घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी घटनास्थलमा खटिसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए ।

दुर्घटनाका कारणसहितको प्रतिवेदन ल्याउन प्रहरीलाई निर्देशन दिइसकेको खतिवडाले जानकारी दिए । सुरुङभित्र काम गर्न मजदुरलाई निकै जोखिम भए पनि आयोजनाले सुरक्षा सामग्री नदिएको मजदुरको गुनासो छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);