तेह्रथुमका सबै पालिकामा १७ मंसिरबाट मतदाता नामावली संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तेह्रथुमका सबै पालिकामा १७ मंसिरबाट मतदाता नामावली संकलन

तेह्रथुम । तेह्रथुमका सबै ६ पालिकामा आगामी १७ मंसिरबाट मतदाता नामावली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका वा नाम दर्ता गर्न उमेर पुगेका १६ बर्षमाथिका नागरिकको नामावली संकलन गरिने छ ।

कार्यालयका निर्वाचन अधिकारी होमप्रसाद पौडेलका अनुसार विवाह गरेका महिलाको हकमा विवाह दर्ता र अन्यत्रबाट बसाई सरी आउने नागरिकहरू बसाइसराइको प्रमाणपत्र आवश्यक पर्नेछ । 

कार्यालयका अनुसार नामवली संकलनका लागि सबै नगर तथा गाउँपालिकामा कर्मचारी खटिने छन् । नागरिकहरूलाई मत दिने अधिकार उपयोग गराउन सरोकारवालाहरूले प्रचारप्रसारमा जुट्न कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।

जिल्लाका पाँच वटा स्थानीय तह लालीगुराँस नगरपालीका, छथर गाउँपालिका, फेदाप गाउँपालिका, मेन्छ्यायेम गाउँपालिका र आठराई गाउँपालिकामा यही १७ मंसिरदेखि २६ मंसिरसम्म प्रत्येक पालिकाको केन्द्रमा नामावली दर्ता संचालन हुने बताए । यसैगरी म्याङलुङ नगरपालिकाको हकमा १७ मंसिरबाट २६ मंसिरसम्म जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट हुनेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);