क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउँदै भारत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउँदै भारत

एजेन्सी । भारत सरकारले क्रिप्टोकरेन्सी अर्थात डिजिटल मुद्रामाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

सरकारले आगामी हिउँदे अधिवेशनमा एउटा विद्येयकमार्फत  क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउन लागेको हो ।

प्रतिबन्ध चर्चासँगै भारतीय बजारमा क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट आएको छ । गत वर्षको सुरुमा नै सरकारले विधेयकको मस्यौदा तयार गरेको थियो ।

भारतको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीप्रति नकरात्मक दृष्टिकोण राखेको विज्ञहरुले बताउँदै आएका छन् ।

केन्द्रीय बैंकले सन् २०१८ मा क्रिप्टोकरेन्सी कारोबारमा प्रतिबन्ध लगाएको थियो । गत वर्षको मार्चमा सर्वोच्च अदालतको एउटा फैसलाले प्रतिबन्ध उल्टाइदिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);