कांग्रेस रुपन्देहीमा सरकारी बिध्यालयका प्रधानाध्यापक महाधिवेशन प्रतिनिधीमा चयन | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

कांग्रेस रुपन्देहीमा सरकारी बिध्यालयका प्रधानाध्यापक महाधिवेशन प्रतिनिधीमा चयन

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका अन्तर्गत वडा नं। ८, नारायणस्थान स्थित श्री लिलाराम न्यौपाने मा वीका प्रधानाध्यापक गणेश भट्टराई भने मणिग्राममा रहेको श्री शान्ती नमुना उच्च मा वीका प्रधानाध्यापक कुलप्रसाद लामिछाने नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधी बनेका हुन् ।

रुपन्देही क्षेत्र नं ३ स्थिती नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत दोस्रो तहको निर्वाचन बाट चयन हुने महाधिवेशन प्रतिनिधी मध्ये भट्टराई अपाङ्ग कोटा मार्फत चयन भएका हुन् भने रुपन्देही क्षेत्र नं २ नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत दोस्रो तहको निर्वाचन बाट चयन हुने महाधिवेशन प्रतिनिधी मध्ये लामिछाने खुल्ला पदमा चयन भएका हुन् ।

शिक्षा नियमावली, शिक्षक आचारसंहिता र आचरणविरुद्ध उनिहरु राजनीतिक दलको महाधिवेशन प्रतिनिधीमा चयन भएका छन् । महाधिवेशन प्रतिनिधीमा चयन भएको जानकारी भट्टराई स्वंयमले आफ्नो आधिकारीक फेसबुक एकाउन्ट बाट दिएका छन् भने लामिछानेले आफ्नो आधिकारिक फेसबुक एकाउन्ट बाट मतदान गर्न अपिल गरेका छन् ।

श्री लिलाराम न्यौपाने मा वी रुपन्देहीको सदरमुकाम भैरहवाको सबैभन्दा ठुलो सरकारी बिध्यालय हो भने श्री शान्ती नमुना उच्च मा वी देशकै अव्वल मध्यको एक सामुदायिक बिध्यालय हो ।

Leave a Reply

ताजा समाचार