प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन बारले सभामुखसहित सांसदलाई ज्ञापनपत्र बुझाउने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन बारले सभामुखसहित सांसदलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटासहित प्रमुख सचेतकहरूलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

जबराको राजीनामा माग्दै तीन साताभन्दा लामो समयदेखि धर्ना र प्रदर्शन गर्दै आएको बारले सोमबार महाअभियोग लगाउन ज्ञापनपत्र बुझाउन लागेको हो । सोमबार दिउँसो २ बजे सभामुख सापकोटासहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता तथा प्रमुख सचेकतलाई जबरालाई महाअभियोग लगाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाउन लागेको सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए । न्यायालय सुद्धीकरणका लागि जबरालाई न्यायालयको नेतृत्वबाट हटाउनुपर्ने बारको जिकीर छ । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);