घुस लिँदालिँदै रौतहट जिल्ला अस्पतालका प्रमुख पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

तस्विर : राकेश यादव/माउन्टेन टिभी

काठमाडौँ, २१ कार्तिक । रौतहट जिल्ला अस्पतालका प्रमुख प्रविणकुमार झा एक लाख घुस लिँदा लिँदै रँगेहात पक्राउ परेका छन्।

जिल्ला अस्पताल गौरमा मर्मत तथा रंङ्गरोगनको जिम्मा लिएका ठेकेदार रामप्रसाद यादवसँग घूस मागेको भन्दै जिल्ला अस्पताल गौरका इमरजेन्सी इन्चार्ज प्रविण कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले पक्राउ गरेको हो।

काम गर्ने क्रममा पटकपटक रकम मागेर हैरान बनाएको भन्दै ठेकेदारले अख्तियारलाई गुहारेका थिए। अस्पतालको इमरजेन्सी इन्चार्ज समेत रहेका झालाई उनकै कार्यकक्षमा अख्तियारको टोलीले नगदसहित नियन्त्रणमा लिएको हो। अहिले एक लाख घुस रकम सहित पक्राउ परेका झालाई अख्तियारको टोलीले आवश्यक अनुसन्धानका लागि क्षेत्रीय कार्यालय हेटौँडा लगेको जनाईएको छ।