ओखलढुंगामा कांग्रेस महाधिवेशन: क्षेत्रीय समिति र प्रदेश प्रतिनिधिका लागि मतदान जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ओखलढुंगामा कांग्रेस महाधिवेशन: क्षेत्रीय समिति र प्रदेश प्रतिनिधिका लागि मतदान जारी

ओखलढुंगा । नेपाली कांग्रेसकाे महाधिवेशन अन्तर्गत आइतबार क्षेत्रीय समिति र प्रदेश महाधिवेशन प्रतिनिधि छनाैटका लागि मतदान सुरू भएकाे छ । दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेकाे ओखलढुंगामा जारी मतदानबाट क्षेत्रीय समितिका पदाधिकारी तथा प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।

एक हजार चार सय ४३ मतदाता रहेकाे निर्वाचनमा दुई समूहकाे फरक फरक प्यानल चुनावी मैदानमा छन् । अहिले सदरमुकाम ओखलढुंगामा दुवै क्षेत्रकाे मतदान भइरहेकाे निर्वाचन क्षेत्र ‘क’ का मतदान अधिकृत खिला श्रेष्ठले बताए । संस्थापन र काेइराला समूहबाट गरि दुई प्यानल चुनावी मैदानमा छन् । संस्थापन पक्षमा जिल्ला सभापति प्रदिप सुनुवार पूर्वसा‌ंसद रामहरि खतिवडालगायत छन् भने पाैडेल-काेइराला समूहमा बालकृष्ण दाहालकाे टिम छन् । 

स‌ंस्थापन समुहबाट ‘क” क्षेत्रमा सन्ताेष थापा  तथा पाैडेल-काेइराला समूहबाट हाेमबहादुर कार्की सभापतिका उम्मेदवार छन् । दुवैकाे तीव्र प्रतिस्पर्धा देखिएकाे छ ।  क्षेत्र ‘ख’ मा संस्थापनबाट आस्रचन राई र कुलबहादुर श्रेष्ठ क्षेत्रीय सभापतिका उम्मेदवार छन् । दुवैबीच कडा प्रतिस्पर्धा छ । हरेक क्षेत्रबा६ भापतिसहित सात पदाधिकारी तथा प्रदेश प्रतिनिधिमा १७ जना (समावेशीसमेत) निर्वाचित हुने छन् । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);