सर्लाही कांग्रेस : दुई क्षेत्रमा संस्थापन इतर विजयी, जिल्ला सभापति पनि पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सर्लाही कांग्रेस : दुई क्षेत्रमा संस्थापन इतर विजयी, जिल्ला सभापति पनि पराजित

सर्लाही। नेपाली कांग्रेसको सर्लाही दुई क्षेत्रमा संस्थापन इतरले सभापति जितेको छ ।

बिहीबार सम्पन्न मतगणना अनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ मा संस्थापन इतरले क्षेत्रीय सभापति पाएको हो । निर्वाचन परीणाम अनुसार क्षेत्र नम्बर १ मा इतर पक्षका हरि लुंगेली मगर निर्वाचित भएका छन् । उनले संस्थापन पक्षका कुवेर आचार्यलाई हराएका हुन् ।

क्षेत्र नम्बर २ काे क्षेत्रीय सभापतिमा कौशल किशोर राय विजयी भएका छन् । उनी पनि संस्थापन इतरका हुन् ।

महाधिवेशन प्रतिनिधिमा इतर नै हावी, जिल्ला सभापति हारे

महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन इतर नै हावी छ ।  जिल्ला सभापति नागेन्द्रकुमार राय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । पूर्वजिल्ला सभापति एवं इतरका लक्षण राय यादव महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

जिल्ला सभापतिका भतिजासमेत रहेका नितेश राय पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

निर्वाचन अधिकृतको सचिवालयका अनुसार महाधिवेशन क्षेत्र नम्बर १ बा६ प्रतिनिधिमा संस्थापन इतरका १५ जना र संस्थापनका ९ जना मात्र विजयी भएका छन् । दुवै पक्ष प्यानसहित चुनावी मैदानमा उत्रिए पनि मतपरीणाम भने मिश्रित आएको कांग्रेस सर्लाहीले जनाएको छ । पूर्वमन्त्रीसमेत रहेका शम्भुलाल श्रेष्ठले आदिवासी जनजाती कोटाकाे सहारा लिएर महाधिवेशन प्रतिनिधि बने ।

यस क्षेत्रको निर्वाचन परिणामलाई संस्थापन इतरका लक्षमण राय र संस्थापनका नागेन्द्र कुमार राय बीचकाे हारजितको रुपमा हेरिएको छ ।

क्षेत्र नम्बर ३ मा भने  मतगणना जारी छ । क्षेत्रीय सभापतिमा संस्थापन पक्षबाट पुण्यहरि घिमिरे र इतरबाट भिखारी राय चुनावी मैदानमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);