कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ को सभापतिमा खड्का | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ को सभापतिमा खड्का

भक्तपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट भक्तपुर क्षेत्र नम्बर १ (क) मा सभापति चयन भएको छ । जिल्लाको क्षेत्रको नम्बर १ (क) चाँगुनारायण प्रदेश सभापतिमा जयन्द्र खड्का विजयी भएका छन् । उनले प्रत्यासित जनक खत्री र मधुराम ढुंगानालाई क्रमश ४० र १२९ मतले पछि पारेका हुन् । खड्काले १४७ मत पाउँदा खत्रीको १०७ र ढुंगानाले १८ मत प्राप्त गरे । 

यसैगरी उपसभापतिमा रमेश केसी र दिनेश अवालले जितेका छन् । सचिवमा रोशन तिमिल्सिना र शिवहरी थापा निर्वाचित भएका छन् ।  संजीव पुरी र सरिता थापा उपसचिव पदमा चुनिएका छन् । 

खुलातर्फको प्रदेश प्रतिनिधि आदिवासीतर्फ लक्ष्मण श्रेष्ठ र ज्ञानेन्द्र तामाङ, यस्तै खुलातर्फको प्रदेश प्रतिनिधि खस आर्यतर्फ राजकुमार खड्का र दधिराम खड्का, यस्तै खुलातर्फको प्रदेश प्रतिनिधि खस आर्य महिलामा संगीता दुलाल चुनिएका छन् ।

यस्तै खुलातर्फको प्रदेश प्रतिनिधि खुलामा माधवप्रसाद न्यौपाने, शिवराम पुरी, गणेशप्रसाद फुयाँल, जोशना बस्नेत र सुमन तामाङ र यस्तै खुलातर्फको प्रदेश प्रतिनिधि महिलामा साधना मल्ल ठकुरी, निर्मला केसी र मिरा वाग्ले थापा चुनिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);