सुदूरपश्चिमका ९ वटै जिल्लामा एमालेले छान्यो महाधिवेशन प्रतिनिधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सुदूरपश्चिमका ९ वटै जिल्लामा एमालेले छान्यो महाधिवेशन प्रतिनिधि

धनगढी । नेकपा एमालेले चितवनमा हुने १०औं महाधिवेशनका लागि सुदूरपश्चिमका नाै वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार प्रदेशबाट एक सय ६० भन्दा बढी महधिवेशन प्रतिनिधि छनाेट भएका छन् ।

महधिवेशन प्रतिनिति छनाेट गर्दा संघीय निर्वाचन क्षेत्रमा रहेका संगठित सदस्यको संख्यालाई आधार मानेको उनले बताए । तर, सुदूरपश्चिममा संख्यालाई आधार मान्दा केही तलमाथि भएका कारण महधिवेशन प्रतिनिधीको संख्या केही बढ्ने उनकाे भनाइ छ । यसैगरी मजदुर संगठनबाट पनि प्रतिनिधि आउने हुँदा सो संख्या बढ्न सक्ने अध्यक्ष थापाले बताए । 

अध्यक्ष थापाका अनुसार कैलालीमामा ४४ जना, डडेल्धुरामा ११ जना, बाजुरामा २१ जना, कञ्चनपुरमा १६ जना, डोटीमा १६ जना, अछाममा १४ जना, दार्चुलाको १२ जना, बैतडी १५ जना र  बझाङबाट ११ जना महाधिवेशन प्रतिनिधि छनाे भएका छन् । नाै  जिल्लाबाट हालसम्म एक सय ६० प्रतिनिधि छनाेट भइसकेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);