रसुवा कांग्रेसको २७ वटै वडामा आज अधिवेशन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

रसुवा कांग्रेसको २७ वटै वडामा आज अधिवेशन

रसुवा । नेपाली कांग्रेस रसुवाका २७ वटै वडामा आज आइतबार वडा अधिवेशन हुँदैछ । सदस्यता विवादलाई लिएर रोकिएको वडा अधिवेशन विवाद समाधान भएसँगै हुन लागेको हो ।

क्रियाशिल सदस्यता विवाद समाधान भएसँगै जिल्लाको २७ वटै वडामा अधिवेशन हुन लागेको कांग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले बताए । २७ वटै वडामा सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिइएको उनले बताए । ‘सबै वडामा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न निर्देशन दिइसकेको छु,’ अहिलेसम्मको अवस्था अनुसार निर्वाचन हुने देखिएको छैन,’ उनले भने । 

वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यको नामावली काटेर फर्म नै नभरेकालाई सदस्यता प्रदान गरेपछि विवाद भएको थियो । शुक्रबार जिल्ला कार्यसमितिको बैठक बसी काटिएका नामावली पुन समावेश गरिने भएसँगै विवाद समाधान भएको थियो । 

निर्वाचन अधिकृत सुमनकुमार केसीका अनुसार ३ हजार ८ सय ५७ जनाको नामावली यसअघि नै प्रकाशित भइसकेको छ । शुक्रबार जिल्ला कार्यसमितिको बैठकले ३१ जनाको नाम थप गरेको छ । नाम काटिएका भनिएका ८१ जनाको नामावली पनि केन्द्रिय निर्वाचन समितिबाट प्राप्त भएको छ । 

‘केन्द्रीय निर्वाचन समितिबाट जिल्ला कार्यसमितिको बैठकले थप गरेको ३१ जनाको र अर्को लिस्टमा ८१ जनाको आधिकारिक रुपमा नाम आएको छ, केसीले भने,  थपिएका उहाँहरु अधिवेशनमा सहभागि हुन पाउने नपाउने भन्ने बारे छलफल गरिरहेको छु, केही समयमा थाहा हुन्छ ।’ 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);