द्वारिकालाल चौधरीले भन्छन् म एमालेमै छु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

द्वारिकालाल चौधरीले भन्छन् म एमालेमै छु

सुनसरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले आफू नेकपा एमालेमै रहेको प्रष्टीकरण दिएका छन् । गत शुक्रबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग बसेर खाना आएको तस्बिर सार्वजनिक भएपछि उनले आइतबार सो प्रष्टीकरण दिएका हुन् ।

इटहरीमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफू अहिले पनि एमालेमै रहेको र नेकपा (एस)मा नगाएको बताएका हुन् । ‘माधव नेपाल मकहाँ आउनु भयो । मैले खाना खुवाएको हुँ’, उनले चौधरीले भने, ‘खाना खाएर माधव नेपाल फर्कनुभयो । म नेकपा (एस)मा गएको हल्ला गलत हो । अहिले पनि एमालेमै छु ।’

गत शुक्रबार चौधरीलाई भेट्न मुख्यमन्त्री राजेन्द्र राईसहित  अध्यक्ष नेपाल चौधरीकै निवास पुगेका थिए । चौधरी एमालेबाट मेयरमा निर्वाचित भएका नेता हुन् । तर, माधव नेपालसहित नेकपा (एस)का नेताहरूसँग बसेर खाना खाएको तस्बिर सार्वजनिक भएपछि उनले एमाले छाडेको अनुमान गरिएका थिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);