नारायणकाजी भन्छन् सबै राजदूत फिर्ता गर्नु गलत | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

नारायणकाजी भन्छन् सबै राजदूत फिर्ता गर्नु गलत

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरले सबै राजदूत फिर्ता गरेको प्रति असन्तुष्टी पोखेका छन् । उनले गठबन्धन र सरकारसँग सम्बन्धित कामकारवाहीबारे फेरि असन्तुष्टी पोखेका हुन् ।

सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले गठबन्धन प्रति गुनासो गरेका छन् । अहिले पार्टीहरूको गठबन्धन शीर्षस्थ नेताहरूको गठबन्धनजस्तो बनेको उनको भनाइ छ । ‘प्रतिगमनविरोधी संघर्षको समयमा गठबन्धनको सबै बैठकहरूमा उपस्थित भइ छलफल गर्ने अवसर प्राप्त थियो । अनिवार्य जस्तै थियो सहभागिता,’ श्रेष्ठले लेखेका छन्, ‘संघर्षको सफलतापछि पार्टीहरूको गठबन्धन शीर्षस्थ नेताहरूको गठबन्धनजस्तो बनेपछि भने एकाध बैठकहरूमा मात्र आमन्त्रण अनुसार भाग लिएको छु ।’

केपी ओलीले नियुक्ति गरेका राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयप्रति पनि उनले आफ्नो फरक मत दोहोर्‍याएका छन् । असक्षम र कार्य सम्पादन राम्रो नभएका राजदूतहरूलाई मात्र फिर्ता बोलाउनुपर्ने आफूले भने पनि सबैलाई एकमुष्ट बोलाएर गलत परम्परा बसाउन खोजिएको उनको भनाइ छ ।

‘एउटा बैठकमा मैले अघिल्लो सरकारले नियुक्ति गरेका सबै राजदुतहरू फिर्ता बोलाउने सकारको निर्णय लाई बेठीक भन्दै असहमति जनाएको थिएं । मेरो धारणा यस्तो थियो र रहेको छ । संविधान ,कानून र लोकतान्त्रिक मुल्यमान्यता बिपरित नियुक्ति गरिएका , असक्षम र व्यवहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टि भएका राजदूतहरुलाई मात्र फिर्ता बोलाउनु पर्दछ, सबैलाई एकमुष्टरूपमा होइन’, श्रेष्ठले भनेका छन्, ‘यसो गर्दा हरेक सरकारले अघिल्लो सरकारले गरेका राजदूतहरू फिर्ता बोलाउने परम्परा बन्छ। त्यस स्थितिमा हामीले पठाएको कुनै देशको राजदूतले पनि राम्ररी काम गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ । स्थायित्वको आशंकाको कारण सम्बन्धित देशहरूमा काम गर्ने वातावरण बन्दैन । शीर्षस्थ नेताहरूले यो कुरा ठीकै भए पनि निर्णय भइसकेकाले अब छलफल नगरौं भन्नुभयो र त्यो कुरा सकियो ।’

अब राजदूत नियुक्ति गर्दा भागबण्डाबाहेक राजनीतिक दलबाहिरबाट साझा सूची बनाउन श्रेष्ठको माग छ । श्रेष्ठले लेखेका छन्, ‘कम्तीमा पनि केही संख्या पार्टीहरूको भागबण्डाभन्दा छुट्टै साझा सूची बनाऔं । अन्यथा कुनै पार्टीमा नलागेका देशभक्त ,स्वच्छ ,योग्य र प्रतिभावान व्यक्तिहरूले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ । त्यो देश र व्यक्ति दुवैका लागि अन्याय हुन्छ । सामान्य बेलामा अमूर्त राम्रा कुरा गर्ने तर लागू गर्ने चाँही स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेकोले यसलाई तोड्ने साहस गरौं ।’ उनले लेखेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);