महोत्तरी, १९ कार्तिक । महोत्तरी(३ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महन्थ ठाकुरलाई समर्थन गर्दै नेपाली कांग्रेसले उम्मेदवारी फिर्ता लिएको छ।
कांग्रेसका उम्मेदवार बरजंग नेपालीले महोत्तरी– ३ मा नेता ठाकुरलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएका हुन्। पार्टी कै निर्देशनमा उम्मेदवारी फिर्ता लिएको महोत्तरी कांग्रेस पार्टी कार्यलयले बताएको हो।
निर्वाचन आयोगले आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन समय दिएको थियो।




