सुजिता बस्नेत बनिन् मिस युनिभर्स नेपाल | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

सुजिता बस्नेत बनिन् मिस युनिभर्स नेपाल

काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेतले जितेकी छिन । १५ प्रतियोगीलाई पछि पर्दै उनी ताज पहिरिन सफल भएकी हुन् । उपाधिसहित दुई सवटाइटलसमेत जितेकी बस्नेतले ताजसँगै १० लाख नगद पनि जितेकी छन् । गत वर्षकी ‘मिस युनिभर्स नेपाल’ अंशिका शर्माले उनलाई ताज पहिर्‍याएकी थिइन् । 

उत्कृष्ट १६ बाट १० र ५ हुँदै सुजिताले उपाधि आफ्नो बनाउन सफल भएकी थिइन् । उमंग क्रियसन आयोजक र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगितामा निनाकान्ता मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतीक्षा महरा क्षेत्री थर्ड रनरअप, डा. केशु खड्का फोर्थ रनरअप घोषित भएका छन् ।

विजेता बस्नेतले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिताको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञावलीलगायत थिए ।

गत वर्ष ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गरेकी थिइन् । प्रतियोगिताको फ्रेन्चाइज नेपालमा ‘मिस नेपाल अर्थ २०१२’ नग्मा श्रेष्ठले व्यक्तिगत पहलमा भित्र्याएकी हुन् । सन् २०१७ मा उनी पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै ‘मिस युनिभर्स’ सहभागी भएकी थिइन् । सोही प्रतियोगितामा नेपालको प्रतिनिधि पठाउने उद्देश्यले उनले गत वर्षबाट ‘मिस युनिभर्स’ नेपाल आयोजना थालेकी हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);