सुर्खेत । कालिकोटको खाँडाचक्र नगरपालिका–६ की १४ वर्षीया निरु विकको बलात्कारपछि हत्या घटनाका दोषी पत्ता लगाई कानुनी कारबाहीको माग गर्दै जिल्लामा बिहीबार विरोध प्रदर्शन गरिएको छ ।
बलात्कारपछि हत्या गरेर मकैबारीमा फालेको दुई महिना बितिसक्दा पनि दोषीलाई कानुनी दायरामा नसकेको भन्दै प्रदर्शन गरिएको हो ।
दलित महिला संघकी केन्द्रीय अध्यक्ष सरु सुनारले दलित महिलामाथि भएको घटनालाई राज्यले बेवास्ता गरेको आरोप लगाइएकी छन् । उनले दलितका सवालमा अहिले पनि राज्यले विभेदको दृष्टिले हेर्ने गरेको बताइन् ।
निरु विकलाई न्याय दे, हत्यारालाई कारबाही गर, मानवअधिकारको संरक्षण गरलगाएतका नारासहितको प्लेकार्ड बोकेर प्रदर्शनकारीले जिल्ला सदरमुकाम मान्म परिक्रमा गरी प्रतिमा चोकमा कोणसभा गरेका थिए ।
जुलुसमा दलित अधिकारकर्मी, महिला अधिकारकर्मी, दलित जनप्रतिनिधिलगाएतको सहभागिता रहेको थियो ।