आहानलाई 'तडप’बाट बलिउडमा स्वागत | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

आहानलाई ‘तडप’बाट बलिउडमा स्वागत

काठमाडौँ। बलिउड अभिनेता सुनिल सेट्टीका छोरा आहन सेट्टी फिल्म ‘तडप’मार्फत डेब्यू गर्दै छन् । फिल्मको पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको फिल्मको ट्रेलर सार्वजनिक भएको छ । 

‘स्टारकिड’लाई ट्रेलर सार्वजनिक भएदेखि नै बधाई दिनेको ओइरो लागेको छ । बलिउड सेलेब्सले आहानलाई ‘बलिउडमा स्वागत’ गरेका छन् । 

ट्रेलर सार्वजनिक भएपछि सुनीलले खुसी व्यक्त गरेका छन् । ‘आहानले आफ्नो करियरको सुरुवात गरेका छन्, उनलाई शुभकामना छ’, सुनिलले प्रतिक्रिया दिएका छन् । उनले अबको आहानको यात्रा उनकै कामले तय गर्नेसमेत बताए । 

‘स्टारकिड’ भएकै कारण होइन, प्रतिभा भए मात्र उनी दर्शकको मनमा बस्नेछन्’, सुनिलले भने । मिलन लुथरियाले निर्देशन गरेको फिल्ममा आहानसँगै फिल्ममा तारा सुतारियाको पनि अभिनय छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);