काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो । नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगले एकीकृत समाजवादीलाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झन्डाका रूपमा मान्यता दिएको छ ।
नेकपा (एस) पायो चुनाव चिन्ह कलम
ताजा समाचार
औचित्य नभएको राजतन्त्र बेकाम , माधव कुुमार नेपाल
११ घन्टा अघि
आन्दोलनकारी नआउँदै बल्खुमा सुरक्षाकर्मीको घुइँचो
१५ घन्टा अघि