५५ देशका प्रहरी प्रमुख काठमाडौँमा | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

५५ देशका प्रहरी प्रमुख काठमाडौँमा

५ माघ, काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलको एसिया क्षेत्रीय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ ।

५५ देशका प्रहरी प्रमुख काठमाडौँमा

५ माघ, काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलको एसिया क्षेत्रीय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ । काठमाडौंस्थित हायात होटलमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गर्नुभएको छ । सम्मेलनमा सहभागी हुन ५५ देशका प्रहरी प्रमुख काठमाडौं आइसकेका छन् । सम्मेलनमा नेपालले तीनवटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

मानव तस्करी सम्बन्धी विषयमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कार्यपत्र प्रस्तुत गर्दैछन् । त्यस्तै चोरी शिकारी सम्बन्धी विषयमा डीआइजी नवराज सिलवालले कार्यपत्र प्रस्तुत गर्दैछन् भने आतंकवादसम्बन्धी डीआइजी बमबहादुर भण्डारीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सन् १९८९ मा नेपालले पहिलो पटक भएको इन्टरपोलको १० औं क्षेत्रीय सम्मेलन आयोजना गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);