काठमाडौं । साताको दाेस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले बढेर ९२ हजार चार सय रुपैयाँ कायम भएको हो ।
आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार नाै सय रुपैयाँ निर्धारण भएको छ । आइतबार तेजावी सुनको मूल्य तोलाको ९१ हजार ६ सय रुपैयाँ रहेको थियो । आइतबार चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो ।