कपिलबस्तुमा अवैध नदीजन्य निकासीले पर्यटक समस्यामा | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

कपिलबस्तुमा अवैध नदीजन्य निकासीले पर्यटक समस्यामा

बुद्ध स्थल भ्रमणमा आउने पर्यटकहरु सास्ती भोग्न बाध्य शम्भू माली
कपिलबस्तु माघ ३।
प्राचीन तिलौराकोट दरवार क्षेत्र नजिकको रामघाट नाकाबाट जथाभावी नदीजन्य वस्तुको निकासी गर्दा बुद्ध स्थल भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरु सास्ती भोग्न बाध्य छन् । दरवारसंगै नदीजन्य वस्तुको संकलन केन्द्र स्थापना र नदीबाट बालुवाहरुको निकासीका कारण यस क्षेत्रमा उड्दै गएको धुलो र विग्रदै गएको

कपिलबस्तुमा अवैध नदीजन्य निकासीले पर्यटक समस्यामा

शम्भू माली
कपिलबस्तु माघ ३।
प्राचीन तिलौराकोट दरवार क्षेत्र नजिकको रामघाट नाकाबाट जथाभावी नदीजन्य वस्तुको निकासी गर्दा बुद्ध स्थल भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरु सास्ती भोग्न बाध्य छन् । दरवारसंगै नदीजन्य वस्तुको संकलन केन्द्र स्थापना र नदीबाट बालुवाहरुको निकासीका कारण यस क्षेत्रमा उड्दै गएको धुलो र विग्रदै गएको सडकले पर्यटकहरुलाई निकै समस्या उत्पन्न भएको स्थानीयले बताएका छन् । यस्ता गतिविधीले यहांको पुरातात्विक क्षेत्र संकटमा पर्न थालेको छ ।

नदीबाट बालुवा निकाल्ने, खरिद गरेर लैजाने ट्याक्टर र ट्प्पिरका कारण यस क्षेत्रको पर्यटकीय सडक पनि पुरै भत्किएको छ । सो क्षेत्रमा प्रदुषणले आफुहरु आउदाँ समस्या भएको भारत हिमाञ्चलको चहुन्त्राबाट आएका बौद्धमार्गी सोनम दोर्जेले गुनासो गरे ।

तिलौराकोट दरवार क्षेत्रको सांधमा स्थापना गरिएको ३ वटा बालुवा संकलन केन्द्रले यहां आउने पयर्टकहरुलाई सास्ती भोग्न बाध्य पारेको छ । पुरातात्विक क्षेत्रमा यसरी जथाभावी कारोवार संचालन गर्ने, पुरातात्विक क्षेत्रलाई संकटमा पार्ने र पुरातात्विक क्षेत्रलाई संकटमा पार्ने काम भैरहदा स्थानीय बौद्धमार्गीहरु चिन्तित बनेका छन् ।
यस्ता गलत ढंगको कारोवार र क्रियाकलापलाई रोक्न स्थानीय प्रशासनले सक्रियता देखाउनु पर्ने स्थानीयको माग छ ।

यसरी जथाभावी भएको प्रदुषण नियन्त्रण सम्वन्धी स्पष्ट ऐन नहुंदा सो सम्वन्धमा आवश्यक कारवाहीको प्रक्रिया अघि बढाउन नसकिएको लुम्विनी विकास कोषले जनाएको छ । उता घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मनोज सैनीले पुरातात्कि क्षेत्र वरपर त्यस प्रकारको कारोवार संचालन गर्न नपाईने र यस्ता गतिविधि नगर्न रेडियो मार्फत सार्वजनिक सुचना प्रसारण गरिएको छ ।

पुरातात्विक क्षेत्रको आवागमन प्रभावित हुने गरि सञ्चालन गरिएका संकलन केन्द्रकोको कार्य प्रति स्थानीय प्रशासनका गम्भीर ध्यानआकर्षण भएको र यस्ता कारोवारको अनुमती रद्द गरिने प्रजिअ विष्णु प्रसाद ढकालले बताए ।

दरवार क्षेत्र राजा शुद्धोदनको राजप्रासाद तथा भगवान गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको स्थल हो । दरवार क्षेत्र देखि ३ सय मिटर उत्तर बाणगंगा (भागिरथी) नदीको किनारमा एक विशाल र अर्को सानो गरि दुई स्तुप रहेका छन् । ५२ फीट परिधी र ७ फिट उचाई रहेको ठूलो स्तुप शुद्धोदनको र सानो स्तुप मायादेवीको समाधी स्थल रहेको छ । बालुवाहरुको निकासीका कारण यस क्षेत्रमा उड्दै गएको धुलो र विग्रदै गएको सडकले पर्यटकहरुलाई निकै समस्या उत्पन्न भएको स्थानीयले बताएका छन् । यस्ता गतिविधीले यहांको पुरातात्विक क्षेत्र संकटमा पर्न थालेको छ ।

नदीबाट बालुवा निकाल्ने, खरिद गरेर लैजाने ट्याक्टर र ट्प्पिरका कारण यस क्षेत्रको पर्यटकीय सडक पनि पुरै भत्किएको छ । सो क्षेत्रमा प्रदुषणले आफुहरु आउदाँ समस्या भएको भारत हिमाञ्चलको चहुन्त्राबाट आएका बौद्धमार्गी सोनम दोर्जेले गुनासो गरे ।

तिलौराकोट दरवार क्षेत्रको सांधमा स्थापना गरिएको ३ वटा बालुवा संकलन केन्द्रले यहां आउने पयर्टकहरुलाई सास्ती भोग्न बाध्य पारेको छ । पुरातात्विक क्षेत्रमा यसरी जथाभावी कारोवार संचालन गर्ने, पुरातात्विक क्षेत्रलाई संकटमा पार्ने र पुरातात्विक क्षेत्रलाई संकटमा पार्ने काम भैरहदा स्थानीय बौद्धमार्गीहरु चिन्तित बनेका छन् ।
यस्ता गलत ढंगको कारोवार र क्रियाकलापलाई रोक्न स्थानीय प्रशासनले सक्रियता देखाउनु पर्ने स्थानीयको माग छ ।

यसरी जथाभावी भएको प्रदुषण नियन्त्रण सम्वन्धी स्पष्ट ऐन नहुंदा सो सम्वन्धमा आवश्यक कारवाहीको प्रक्रिया अघि बढाउन नसकिएको लुम्विनी विकास कोषले जनाएको छ । उता घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मनोज सैनीले पुरातात्कि क्षेत्र वरपर त्यस प्रकारको कारोवार संचालन गर्न नपाईने र यस्ता गतिविधि नगर्न रेडियो मार्फत सार्वजनिक सुचना प्रसारण गरिएको छ ।

पुरातात्विक क्षेत्रको आवागमन प्रभावित हुने गरि सञ्चालन गरिएका संकलन केन्द्रकोको कार्य प्रति स्थानीय प्रशासनका गम्भीर ध्यानआकर्षण भएको र यस्ता कारोवारको अनुमती रद्द गरिने प्रजिअ विष्णु प्रसाद ढकालले बताए ।

दरवार क्षेत्र राजा शुद्धोदनको राजप्रासाद तथा भगवान गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको स्थल हो । दरवार क्षेत्र देखि ३ सय मिटर उत्तर बाणगंगा (भागिरथी) नदीको किनारमा एक विशाल र अर्को सानो गरि दुई स्तुप रहेका छन् । ५२ फीट परिधी र ७ फिट उचाई रहेको ठूलो स्तुप शुद्धोदनको र सानो स्तुप मायादेवीको समाधी स्थल रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);