भैरहवामा मनाइँदै मोहम्मद जयन्ती | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

भैरहवामा मनाइँदै मोहम्मद जयन्ती

भैरहवा । इस्लामिक धर्मगुरु पैगम्बर हजरत मोहम्मदको १४९६औं जन्मोत्सव रूपन्देहीको भैरहवामा पनि मनाइएको छ । मोहम्मदको जन्मदिनको अवसरमा नाअत शरिफ प्रवचन, जीवनी वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्दै आजको दिनलाई मुस्लिम समुदायले महत्वपूर्ण दिनको रूपमा लिने गर्दछन् ।

भैरहवामा ५२ वर्षदेखि मदरसा कठौतियाको अग्रसरतामा नगर परिक्रमासहित कार्यक्रम आयोजना हुँदै आएको छ । द्वन्द्वकाल र कोभिडका कारण केही वर्ष ¥याली नभएपनि निरन्तर मोहम्मद जयन्ती मनाउँदै आएको ज्योतिपुंज रिजविया धार्मिक शैक्षिक संस्थाका सचिव मौलाना हाजी डा. सेराज आलमले बताए । 

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवत्को रब्बिउल औवल महिनाको १२ तारिखका दिन बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का सहरमा भएको थियो । त्यसैदिनको खुसियालीमा यस दिनलाई मुस्लिम समुदायले जश्ने इद मिलादुन नवि (रबिउलऔवल)को रूपमा मनाउने गर्छन् ।

भैरहवा र आसपास रहेका दर्जन बढी मस्जिद, मदरसा मुस्लिम संघसंगठन, धार्मिक संघसंस्थाकोे आयोजनामा ¥यालीसहित धार्मिक सभा, जीवनी र विश्वभर फैलाएको धार्मिक सन्देशको बारेमा चर्चा गरी जन्मदिन मनाइएको हो । मोहम्मदको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।

भैरहवासहित दोगहरा, गल्लामण्डी, पक्लिहवा, खजहना, खजुरिया, कठौतिया, उदयपुर, गोलिगढ, चैनपुर, बसन्तपुर, मदरसा र मुस्लिम समुदायको हजारौंको सहभागितामा नगर परिक्रमा गरेका छन् । 

मुस्लिम समुदायले आजको दिन घरघरमा मिठा परिकार बनाई प्रसादको रूपमा दिने गर्छन् । सरकारले मोहम्मद जयन्तीको अवसरमा आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);