त्रिविकाे ४७औं दीक्षान्त : आवेदन दिन तीन दिन मात्रै बाँकी | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०७९, मंगलबार

त्रिविकाे ४७औं दीक्षान्त : आवेदन दिन तीन दिन मात्रै बाँकी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय दीक्षान्त समारोहमा सहभागी हुने बिद्यार्थीहरूले आवेदन दिन अब तीन दिन मात्रै बाँकी छ । ५ कात्तिकभित्र अनलाइन आवेदन भर्ने विद्यार्थीलाई मात्रै विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी गराउने छ ।

गत २१ भदौदेखि अनलाइन आवेदन माग गरेको विश्वविद्यालयले २० असोजसम्म आवेदन दिन मिति तय गरेको थियो । तर, दसैँ बिदाको समय थप गर्न अनुरोध आएको भन्दै ५ कात्तिकसम्म म्याद थप गरिएको थियो ।

त्रिवी केन्द्रीय परिक्षा सञ्चालक समितिको निर्णयअनुसार ५ कात्तिकभित्र आवेदन दिनेलाई दीक्षान्त समारोहमा सहभागी गराउने निर्णय गत २० असोजको निर्णयमार्फत थप गरिएको परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ । त्रिविले ४७औं दीक्षान्त समारोह आयोजना गर्दैछ । 

Leave a Reply