९० वर्षीय बुबासँग बसेर दसैँ मनाउँछु : न्यायाधीश नहकुल सुवेदी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

९० वर्षीय बुबासँग बसेर दसैँ मनाउँछु : न्यायाधीश नहकुल सुवेदी

काठमाडौं । मेरो टिका म्याग्दीमा हुन्छ । म्याग्दीको रघुगंगा गाउँपालिका-३ राखुमा ९० वर्षको पिता हुनुहुन्छ । उहाँबाट, काका, दाइभाउजुहरु टिका ग्रहण गर्छु । शुभचिन्तक आफूभन्दा सानोलाई टीका लगाइदिने, आशिर्वाद दिने गर्छु । घोडेपानी, टोड्केजस्ता धार्मिक पर्यटकीय क्षेत्रमा भ्याएसम्म घुमघाम गर्छु ।

बाटोमा पर्ने मठमन्दिरहरु दर्शन भइहाल्यो । घरमा पिताजीसँग बस्ने बाहेक अरु त्यस्तो केही योजना छैन । फिक्सनहरु एकदुइटा किताब पढ्ने योजना छ । फेरि घरमा दाजुभाई भेट हुने हुन्छ ।

घरमा नजाँदा छुट्टिमा अलि धेरै पढाई हुन्छ । एक दुई किताब जहिले साथमा हुन्छ । दशैँको धार्मिक, सामाजिक, सांस्कृतिक महत्व छ । एकता सद्भाव कायम गराउँछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);