पाल्पा । पाल्पाका साहित्यकार तथा पूर्वशिक्षक गणेश आत्रेयको कविता संग्रह ‘छन्द लहरी’को विमोचन गरिएको छ । कृतिको नेकपा एमाले सचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एक औपचारिक कार्यक्रमबीच विमोचन गरे ।
ज्ञवालीले कवि गणेश आत्रेयद्वारा लिखित छन्द लहरी कविता संग्रहले नेपाली साहित्यमा इट्टा थप्ने काम गरेको बताए । राजनीतिक समसामायिक, कला संस्कृति, माया, प्रेम, बाल्यकाल जस्ता विषयवस्तुमा लेखिएका कविता कतै घोचपेच, कतै व्यंग, कतै यथार्थ जीवनका भोगाईप्रति केन्द्रीत रहेको नेता ज्ञवालीले विवेचना गरे ।
कार्यक्रममा साहित्यकार चोलेश्वर शर्मा,त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उप–प्राध्यापक शंकरप्रसाद गैरे,साहित्यकार रामप्रसाद अर्यालले कृतिमाथि समिक्षा गरेका थिए । १२१ पेजको छन्द लहरी कविता संग्रहभित्र विभिन्न विषयवस्तुका १२१ वटा कविता रहेका छन् ।