फ्रान्समा ३ हजार पादरीले गरे दुई लाख बालबालिकालाई यौन दुव्र्यवहार | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

फ्रान्समा ३ हजार पादरीले गरे दुई लाख बालबालिकालाई यौन दुव्र्यवहार

एजेन्सी । फ्रान्समा पादरीहरूले दुई लाखभन्दा बढी बालबालिकालाई यौन दुव्र्यवहार गरेको खुलासा भएको छ । सन् १९५० पछि हजारौं पादरीले २ लाख १३ हजारभन्दा बढी बालबालिकालाई यौन दुव्र्यवहार गरेको एउटा स्वतन्त्रत छानबिन आयोगले देखाएको छ । यौन दुव्र्यवहारका घटना दबाउन चर्च र पादरीले अनेकौं प्रयास गरेको पनि पनि छानबिनका क्रममा खुलासा भएको छ ।

बाल यौनदुराचारका घटनामा रोमन क्याथोलिक चर्चहरुमा तानिएका विवरण सार्वजनिक भएपछि यसबारे गहिरो अनुसन्धान गरिएको थियो । करिब तीन हजार पादरीले नियोजित ढंगले बालबालिकामाथि दुव्र्यवहार गरेको छानबिन आयोगका प्रमुख जीन मार्क साउभले जानाकारी दिए ।

पीडितमध्ये करिव ८० प्रतिशत पुरुष छन् । चर्चले वर्षौदेखि बालबालिकामाथि निर्दयी व्यवहार प्रदर्शन गरेको साउभले बताए । 

दुव्र्यवहारबाट जोगाउन चर्चले रोकथामका आवश्यक कदम नचालेको र कहिलेकाही अभिभावक स्वंयमले दुव्र्यवहारप्रति चासो नदिएको उनले बताए । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);