काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २१ वटा मोटरसाइकल तथा स्कूटर सम्बन्धित सवारी धनीलाई बुझाएको छ ।
मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट हराएका २१ वटा मोटरसाइकल र स्कूटर सवारी धनिलाई जिम्मा लगाएको हो ।
हराएका मोटरसाइकल सवारीधनीलाई जिम्मा लगाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईले हराउनु भन्दा पहिले नै सवारी चालकहरु सतर्क रहनुपर्ने बताए । उनले ट्राफिक प्रहरीले पनि सवारीसाधन हराउन नदिनका लागि योजना बनाएर अघि बढ्ने प्रतिवद्धता दोहो¥याएका छन् ।
प्रमुख भट्टराईले मोटरसाइकल हराउन नदिनका लागि प्रहरी मात्रै नभएर मोटरसाइकल धनी पनि त्यत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने उल्लेख गर्दै सवारीसाधन हराउन नदिनका लागि चालक र ट्राफिक प्रहरीले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याएका छन् ।